पात्रो

रेडियो

समाचार खोजी

माछापुच्छ्रे बैंकको तीन जना सञ्चालक निर्विरोध

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आइतबारका पोखरामा सम्पन्न  साधारण सभाले जय मुकुन्द खनाल,मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ । त्यस्तै, जिपि राजबहाक एण्ड कम्पनीलाई पुनःलेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।  

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ–नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, सानातथामझौलाउद्योग लगायतका क्षेत्रहरुमाआफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए ।  
 त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।  

उक्त साधारण सभामा बैंकको संस्थापक सेयरधनी को तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा। विरेन्द्र महतो एंव समाज सेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए ।  

297 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता