पात्रो

रेडियो

समाचार खोजी

मंसिरमा साढे ७० खर्बको बिद्युतिय कारोबार, अघिल्लो महिनाको तुलनामा घट्यो

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

 

काठमाडौं । चालु आवको मंसिर महिनामा ७० खर्ब ५७ अर्ब  बराबरको डिजिजीटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अघिल्लो महिनाको तुलनामा ४ खर्ब २९ अर्ब २९ करोड रुपैयाँले घटेको हो । यसअघि कार्तिकमा ९४ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस अवधिमा भुक्तानी संख्यामा भने वृद्धि देखिएको केन्द्रिय बैंकले जानकारी दिएको छ । अघिल्लो महिना कार्तिकको तुलनामा मंसिरमा विद्युतीय भुक्तानी संख्या १ करोड १९ लाख ६३ हजार पटकले बढेको छ । कार्तिकमा १२ करोड ९७ लाख पटक भएको विद्युतीय भुक्तानी मंसिरमा बढेर १४ करोड १७ लाख नाघेको हो ।

 तथ्यांकअनुसार डिजिटल कारोबारमा आरटीजीएफ मार्फत सबैभन्दा बढी ५२ खर्ब ९४ अर्ब २७ करोड  भुक्तानी भएको छ ।  त्यस्तै, इलोक्ट्रोनिक चेक क्लिरेन्सबाट चार खर्ब ५९ अर्ब ७४ करोड,  फास्टर पेमेन्ट सिस्टमबाट चार खर्ब पाँच अर्ब तीन करोड, मोवाइल बैंकिङबाट तीन खर्ब ८८ अर्ब ४४ करोड, आईपीएसबाट एक खर्ब  ८९ अर्ब ७८ करोड भुक्तानी भएको तथ्यांक छ ।

यसैगरी मंसिरमा डेविट कार्डबाट ९० अर्ब ७८ करोड, एटीएम नगद निकासीबाट ८६ अर्ब ६४ करोड, क्यूआरबाट ७२ अर्ब २९ करोड, वालेटबाट ४० अर्ब ७८ करोड र इन्टरनेट बैंकिङबाट १७ अर्ब ६४ करोड ६० लाख भुक्तानी भएको छ ।
 
पोइन्ट अफ सेलबाट पाँच अर्ब ९७ करोड, क्रेडिट कार्डबाट एक अर्ब ९७ करोड, ब्रान्चेलस बैकिङबाट एक अर्ब ४७ करोड र इकर्मशमा एक अर्ब ११  भुक्तानी भुक्तानी भएको छ । यसैगरी प्रिपेड कार्डबाट ९९ करोड ३० लाखको कारोबार भएको छ । 

 

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ