पात्रो

रेडियो

समाचार खोजी

स्काइवाक टावरले आइपिओ जारी गर्ने

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

 

 कमलादीमा स्काइवाक टावर सञ्चालन गर्दै आएको वन्डर्स नेपाल को सातौँ वार्षिक साधारणसभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

प्रवेन्द्र पोखरेलको अध्यक्षतामा कमलादीमा बसेको वार्षिक सधारणसभाले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीको आगामी व्यावसायिक कार्ययोजनासमेत सर्वसम्मत रूपमा पारित गरेको छ । साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक पदमप्रसाद न्यौपानले भावी कार्यायोजनाबारे प्रस्ट पारेका थिए ।

कम्पनीले सञ्चालक समितिको पुनर्गठन गरी अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ । नवनियुक्त प्रबन्ध निर्देशक पाण्डेले स्काइवाक टावरको जिम्मेवारी बहन गर्नुलाई एक नयाँ अवसरका रूपमा लिएको बताए ।

‘ 

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता