आज आइतबार सुनचाँदीको भाउतोलामै एक हजार ६ सय रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ मा किनबेच भइरहेको छ । नेपाल सुन चाँदी व्यवासायी संघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३३ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता