पात्रो

रेडियो

समाचार खोजी

भुकम्पले ध्वस्त भीम पुस्तकालयको पूनःर्निर्माण

साझा अर्थ संवाददाता २७ पुष २०८१, शनिवार

दोलखाः २०७२ सालको आम विनाशकारी भुकम्पले ध्वस्त भएको दोलखाकै पुरानो भीम पुस्तकालयको पूनःर्निर्माण सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर दुई को ऐतिहासिक दोलखा नगरी मा अवस्थित सो पुस्तकालयको पूनर्निर्माण सम्पन्न भए पश्चात शनिवार उद्घाटन गरिएको हो । 

रुपा फाउन्डेशनद्वारा १५ लाख ५० हजारको लागतमा पुस्तकालय भवनको पूनर्निमार्ण गरिएको भीम पुस्तकालय ब्यवस्थापन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो । शनिवार नवनिर्मित पुस्तकालय भवनको बागमती प्रदेश सभाका सांसद भरतबहादुर केसीले उद्घाटन गर्नु भयो । भवनको उद्घाटन सँगै भीम पुस्तकालय पूनः सञ्चालनमा आएको छ । उद्घाट समारोहमा रुपा फाउन्डेशनका संस्थापक एवं समाजसेवी  आत्मकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर,उपप्रमुख कमला बस्नेत, रिड नेपालका अध्यक्ष भोला श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष स्टालिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । भवन निर्माणसम्पन्न भइसकेकोले अव पुस्तकालय लाई आधुनिक ढंगले ब्यवस्थित रुपमा सञ्चालन गर्ने तथा दोलखाको बारेमा अध्ययन गर्न चाहनेहरुकालागि स्रोत केन्द्रको रुपमा विकास गरिने लक्ष्य रहेको भीम पुस्तकालयका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो ।

 

322 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु