पात्रो

रेडियो

समाचार खोजी

तीन तहको सरकारको खर्च राजस्वभन्दा झन्डै पाँच खर्ब बढी

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

आव २०८०/८१ मा तीनै तहका सरकारले राजस्व संकलन गरेभन्दा झन्डै पाँच खर्ब बढी खर्च गरेका छन् । सो अवधिमा कुल ११ खर्ब ४३ अर्ब १९ करोड ७८ लाख रुपैयाँ राजस्व उठाएका सरकारहरूले १६ खर्ब ४० अर्ब ७२ करोड २० लाख रुपैयाँ खर्च गरेका हुन् । यस आवमा संघीय सरकारले नौ खर्ब २९ अर्ब चार करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, प्रदेशले ९३ अर्ब ६० करोड ७५ लाख र स्थानीय तहले एक खर्ब २० अर्ब ५४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । तीनै तहका सरकारले गरेको कुल खर्चमध्ये चालूतर्फ नौ खर्ब ४३ अर्ब १० करोड ३३ लाख, पुँजीगततर्फ चार खर्ब ६६ अर्ब ३७ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७२ अर्ब ५० लाख रुपैयाँ खर्च गरेका हुन् । सरकारले उठाएको कुल राजस्वले चालू र वित्तीय व्यवस्था गरी अनिवार्य दायित्वसमेत पूर्ति गर्न सकेको देखिँदैन ।

यस्तो अनिवार्य दायित्व रहेको १२ खर्ब १५ अर्ब १० करोड ८३ लाख रुपैयाँ पूर्ति गर्ने राजस्वमा ७१ अर्ब ९१ करोड ५ लाख रुपैयाँ अपुग देखिन्छ । बाँकी भुक्तानी सरकारले ऋणबाट गरेको हो । यस अवधिमा तीनै तहका सरकारको कुल प्राप्ति १५ खर्ब ५१ अर्ब पाँच करोड ७० लाख र कुल भुक्तानी १६ खर्ब ४० अर्ब ७२ करोड २० लाख रहेको छ ।

241 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ