पात्रो

रेडियो

समाचार खोजी

२८ हजार मेगावाट बिद्युत् उत्पादन गर्न विदेशमा रहेका नेपालीबाट साढे १६ खर्ब उठाउने लक्ष्य

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

 

ऊर्जा विकास मार्गचित्र, २०८१’ को लक्ष्य पूरा  गर्न सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । त्यसका लागि  ४६ अर्ब ५० करोड डलर लागत अनुमान गरिएको छ । सो लगानी जुटाउन वैदेशिक रोजगारमा रहेका नेपाली र गैरआवासीय नेपालीबाट १२ अर्ब डलर अर्थात् १६ खर्ब ५२  लगानी जुटाउने  तयारी गरिएको छ । त्यो बाहेक निजी क्षेत्र र बैंकबाट १० अर्ब डलर अर्थात् १३ खर्ब ७६ अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । विदेशी लगानी, ऋण तथा अनुदानबाट आठ अर्ब ५० करोड डलर लगानी भित्र्याउने लक्ष्य छ ।  नेपाल विद्युत् प्राधिकरणबाट आठ अर्ब डलर, नेपाल सरकारबाट ६ अर्ब डलर र क्लाइमेन्ट फाइनान्सिङबाट दुई अर्ब लगानी जुटाउने लक्ष्य लिएको छ । 

मार्गचित्रमार्फत वर्ष २०३५ सम्म नेपालको विद्युत् जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य लिइएको छ ।  

मार्गचित्रमार्फत २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पुर्‍याउने लक्ष्य लिइएको छ । हाल नेपालको प्रतिव्यक्ति खपत प्रतिवर्ष ४१० युनिट रहेको छ । त्यो अवस्थामा अबको ११ वर्षमा सोबराबरको प्रतिव्यक्ति विद्युत् खपत पुग्ने बताइएको छ ।  

270 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु