काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले ३० प्रतिशत नगद लाभांश पारित गर्न १७औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ ।
राष्ट्रिय सभा गृह काठमाडौंमा हुने साधारण सभामा गत आवको मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर ३० रुपियाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरिसकेको छ ।
त्यसैले पुस १७ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य बन्नेछन् ।
साझा अर्थ संवाददाता