काठमाडौं। लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गरेको छ । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुगेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिसमेत गरेको छ।
साझा अर्थ संवाददाता