नेपाल राष्ट्र बैंक तथा वित्तिय संस्था नियमन विभागले आज पुस २३ गते मंगलबार ६ बुँदे निर्देशन जारी गरेको छ । निर्देशन अनुसार अब संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर भएका शेयरधनी र एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति÷पुनर्नियुक्ति हुन योग्य हुने छैन । साथै, चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी शेयर धारण गर्ने शेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति÷पुनर्नियुक्ति हुन योग्य हुने छैन ।
नयाँ निर्देशन अनुसार अब लघुवित्तले लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ ।
अब लघुवित्तले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ्ग इन्सटिच्युट, नेपाल क्लियरिङ्ग हाउस लि।, कर्जा सूचना केन्द्र लि. लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनी लि। मा लगानी गर्न पाउने भएका छन् ।
अब थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने÷गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न सक्ने छन् ।
साझा अर्थ संवाददाता