नेपाल राष्ट्र बैङ्कले बुधबार आज बजारबाट ८० अर्ब प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले १४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत ८० अर्ब सो रकम खिच्ने भएको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
आवेदन दिंदा घटीमा रु। १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ ।
साझा अर्थ संवाददाता