सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा व्यवसायिक प्रयोजनमा हेलिकोप्टर उडान प्रतिबन्ध फिर्ता लिएको छ । कार्यालयले विज्ञप्ती जारी गर्दै कार्यालयले निकुञ्जको अनुमति लिएर प्रचलित कानूनबमोजिम सुरक्षित तवरले उडान गर्न सबै हेलिकोप्टर कम्पनीलाई अनुरोध गरेको छ ।
यसअघि निकुञ्ज कार्यालयले निकुञ्ज क्षेत्रमा अत्यधिक मात्रामा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौति थपिएको भन्दै १ जनवरीदेखि व्यवसायिक रुपमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । नाम्चेभन्दा माथिल्लो भेगमा व्यवसायिक हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउनका लागि निकुञ्ज कार्यालयलाई खुम्बु पासाङ ल्हामु गाउँपालिका, स्थानीय युवा समूह, युवा क्लब, टोलविकास समिति तथा संघसंस्थाहरुले अनुरोध गर्दै आएका थिए ।
साझा अर्थ संवाददाता