पात्रो

रेडियो

समाचार खोजी

रितेश मित्तलको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघको नयाँ कार्यसमिति

साझा अर्थ संवाददाता २२ पुष २०८१, सोमवार

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल ९नेपाल रेमिट ईन्टरनेशनल प्रालि० लाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल ९सूर्य रेमिट प्रालि० , महासचिवमा दिवाकर पौडेल ९आईएमई लिमिटेड० , कोषाध्यक्षमा संजिव कुमार पाठक ९एटिटि रेमिट प्रालि० सचिवमा रामेश्वर सापकोटा ९प्रभू मनिट्रान्स्फर प्रालि० कार्यसमिति सदस्यहरुमा विमल महत ९सिद्धार्थ बैंक लि० श्याम प्रसाद लामिछाने ९ग्लोबल आईएमई बैंक लि० मधुसुदन न्यौपाने ९ प्रभू बैंक लि० र सुदन सिं सिलवाल ९ युनाईटेड रेमिट प्रालि० सर्वसम्मत रुपमा चयन भएका छन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

नेपाल मुद्रा विप्रेषक संघले संघको १९औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गर्नुभएका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता