पात्रो

रेडियो

समाचार खोजी

पत्रकार शिवाकोटी सम्मानित

साझा अर्थ संवाददाता २० पुष २०८१, शनिवार

दोलखाः पत्रकार केदार शिवाकोटीलाई सम्मान गरिएको लाई सम्मान गरिएको छ । जिल्ला सरकारी संघ दोलखाको १९ औ वार्षिक साधारण सभामा शनिवार पत्रकार शिवाकोटीलाई सहकारी “पत्रकारीता पुरस्कार २०८१”बाट सम्मान गरिएको हो ।

सहकारी अभियानमा संचार माध्यमबाट महत्व पूण योगदान गरेको भन्दै शिवाकोटीलाई राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतले नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर साधारण सभामा सम्मान गर्नुभएको थियो । शिवाकोटी कान्तिपुर मिडिमियासँग आवद्ध हुनु हुन्छ ।

यसैगरी साधराणसभामा सहकारीको अभियानमा सहयोग गर्ने मेलुङ गाउँपालिका,सहकारी अभियानकर्मी ढाल बहादुर सापकोटा,उत्कृष्ट कारोबार गर्ने हाम्रो जनकल्याण सहकारी,नियमित कारोबार गर्ने अर्थभूमि सहकारीलाई सम्मान गरिएको थियो । यस्तै पूर्व संचालक रत्न बहादुर श्रेष्ठ,उत्कृष्ट व्यवस्थापक चुणामणि घिमिरे,उत्कृष्ट महिला कर्मचारी जुना चापागाईँ तथा रमेश सापकोटालाई सम्मानित गरिएको थियो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे,जिल्ला वचत संघका अध्यक्ष भूमिराज खड्का,वाग्मती प्रदेश सहकारी संघका पूर्व महासचिव भीम प्रसाद दहाल,जिल्ला कृषि सहकारी संघ दोलखाका अध्यक्ष माधव प्रसाद घिमिरे, सहकारीका व्यवस्थापकहरुको साझा मञ्चका दिपक बस्नेत, दोलखा उद्योग वाणिज्य सघका उपाध्यक्ष विमल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुयालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले  वार्षिक प्रगति प्रतिवेदन लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।

281 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता