काठमाडौँ: युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २१,७१,९३५ कित्ता प्रमोटर सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। उक्त सेयरको लिलामी प्रक्रिया चैत ५ गतेदेखि चैत १९ गते २०८२ सम्म खुला रहने जनाएको छ।
बिक्रीमा राखिएको प्रमोटर सेयरमा इच्छुक प्रमोटर सेयरधनी तथा संस्थागत लगानीकर्ताहरूले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। लिलामीमा सहभागी हुन न्यूनतम बोलकबोल दर प्रति कित्ता ४०० रुपैयाँ तोकिएको छ।
यस लिलामी प्रक्रियाको व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
समाचार तयार पार्दासम्म नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अन्तिम कारोबार मूल्य १,२५१ रुपैयाँ कायम रहेको छ।