काठमाडौं । व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआरं) अन्तर्गत गरिएका खर्चको विवरण पेश नगर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी उद्योग विभागले दिएको छ। वार्षिक पचास करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगहरुले वार्षिक रूपमा सीएसआर कार्यक्रम सञ्चालन गरी त्यसको विवरण विभागमा पेश गर्नुपर्ने प्रावधान छ। आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्बन्धित उद्योगहरूले विभागमा विवरण पेश गर्नुपर्छ ।
विभागले सम्बन्धित उद्योगहरूलाई समयमै विवरण बुझाउन आग्रह गर्दै कानुनी समस्या हुन नदिन सचेत गराएको छ।
साझा अर्थ संवाददाता