दीपल ईभीको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडी खरिदमा नयाँ वर्ष अवसर ल्याएको छ । कम्पनीले ल्याएको ‘न्यू इयर स्कीम’अन्तर्गत ४।९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा कम्पनीले ल्याएको नयाँ वर्ष अवसरमा दीपलका आधुनिक सुविधायुक्त गाडी किन्न सहज हुने कम्पनीले विश्वास लिएको छ ।
नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको ‘न्यु इयर, न्यु दिपल’ योजनामा गाडी किन्ने ग्राहकले ४।९९ प्रतिशत निश्चित ब्याजदरसहित अन्य सुविधा पाउने बताइएको छ । कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेन्ज भ्यालु समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
दीपलले बिक्री गर्दै आएको एस–०७ र एल–०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता फिचरहरु छन् । अत्याधुनिक प्रविधि र डिजाइनका कारण यसले नेपाली बजारमा ७ सय युनिट आयातको आँकडा भेट्टाएको कम्पनीले जनाएको छ ।
साझा अर्थ संवाददाता