‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति करिब ८४ प्रतिशत सम्पन्न भएको छ । आयोजना कार्यालयले आइतबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणले वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको जानकारी दिएको छ । यही गतिमा निरन्तर काम गर्न सकेमा ०८२ असोजभित्र परियोजना सञ्चालनमा आउने आयोजनाले जनाएको छ । ठेक्काको म्याद थप गरेर २५ अक्टोबर २०२५ ९८ कात्तिक ०८२० सम्म पु¥याइएको छ । जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले डिसेम्बर २०२० ९पुस ०७७० देखि खन्न सुरु गरेको सुरुङको चार वर्षमा ८३.७५ प्रतिशत भौतिक प्रगति भएको हो ।
करिब २३ अर्ब लागत रहेको परियोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १७ अर्ब १५ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।
परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग हुनेछन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । त्यसपछि मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ ९भित्ता र सिलिङको ढलान–कंक्रिटिङ०को काम सम्पन्न भएको छ । साथै, भुइँ अर्थात् सडकको लेन ढलान गर्ने काम पनि औसतमा ३०।७२ प्रतिशत सकिएको छ ।
साझा अर्थ संवाददाता