पात्रो

रेडियो

समाचार खोजी

आरविविको वार्षिकोत्सव अफर: मोबाइल बैंकिङ्गमा रजिस्टर गर्दा स्मार्टफोन जित्ने मौका

साझा अर्थ संवाददाता १२ पुष २०८१, शुक्रवार

आफ्नो वार्षिकोत्सवको अवसरमा, राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ। जसअन्तर्गत ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्ने बैंकले जनाएको छ।

यस अभियान मार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको उल्लेख गरेको छ। बैंकका अनुसार यो अभियान अवधि भीत्र, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गरिनेछ। साथै, RBB Digital Sansar, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु. ५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्रदान गरिने बैंकले जनाएको छ।

यो अभियान ग्राहकहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्न र उनीहरूको बैंकिङ अनुभवलाई थप उत्साहजनक बनाउनको लागि यो अफर ल्याएको बैंकले उल्लेख गरेको छ। यस प्रकारका कार्यक्रमहरूले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउन योगदान दिने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका अनुसार यो अभियान पौष १० देखि माघ १० सम्म सीमित रहनेछ । अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइनेछ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवलाई आफ्ना ग्राहकहरू सँग मनाउन पाउँदा गर्व महसुस गरेको र यस अभियानले यो अवसरलाई थप अविस्मरणीय बनाउने विश्वास राखेको बैंकले जनाएको छ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता