पात्रो

रेडियो

समाचार खोजी

एनसेल वुमन आइकन आइसिटी अवार्डबाट शर्मा सम्मानित

साझा अर्थ संवाददाता १२ पुष २०८१, शुक्रवार

 

सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याउने वन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ संयुक्त रूपमा शर्मालाई प्रदान गरेका हुन् ।

नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखका रूपमा कार्यरत शर्माले यो अवार्डसँगै तीन लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छिन् । एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् ।

यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शिला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भइसकेका छन् ।
 

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता