पात्रो

रेडियो

समाचार खोजी

नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सर्वसम्मतिले शिवकुमार अग्रवाललाई संघको अध्यक्षमा चयन गरेको छ।नयाँ कार्यसमितिमा अनिलकुमार अग्रवाल प्रथम उपाध्यक्ष, गौरव शारदा द्वितीय उपाध्यक्ष र जयन्तकुमार अग्रवाल महासचिवमा चयन भएका छन्।

यस्तै, स्वाती रुंगटा अग्रवाल प्रथम सचिव, विष्णुकुमार जोशी द्वितीय सचिव र ऋषिराज मोर कोषाध्यक्ष भएका छन्। कार्यसमितिका सदस्यमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, वसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमल सिद्धार्थ वैद, सुमितकुमार वंशल र सञ्जय अग्रवाल चयन भएका छन्।

संघको विधानअनुसार अध्यक्षले मनोनीत गर्न सक्ने चार सदस्यका रूपमा अभिनव चुरिवाल, पंकज जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई समावेश गरिएको छ।

संघको विधानले कार्यसमितिमा २० जना प्रत्यक्ष निर्वाचित हुने र चार सदस्य अध्यक्षले मनोनीत गर्न सक्ने व्यवस्था गरेको छ। साथै, निवर्तमान र त्यसअघिका अध्यक्ष पदेन सदस्यका रूपमा कार्यसमितिमा रहने व्यवस्था पनि विधानमा छ।

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता