पात्रो

रेडियो

समाचार खोजी

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

साझा अर्थ संवाददाता ५ पुष २०८१, शुक्रवार

काठमाडौं। एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन पाउने भएका छन् । सापटी सुविधा थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो सापटी सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स रू. ५ भन्दा कम भएका प्रिपेड ग्राहकले १ दिन अर्थात् २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्ने छन् । कम्पनीले यो सुविधा पुस १ गतेदेखि दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क करसहित रू. ५० रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको फाइदा लिन सक्छन् ।

ग्राहकले ‘स्टार ९९८८ स्टार ह्यास’ डायल गरी यो सुविधा लिन सक्ने बताइएको छ । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने कम्पनीले जानकारी दिएको छ ।

हाल जारी नेपाल प्रिमियर लिगका खेल अनलाइनबाटै हेर्ने लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ । एनसेलले यो अनलिमिटेड डेटा बाहेक रू. ४० ब्यालेन्स सापटी, तीनदिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधा प्रदान गर्दै आएको छ ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता