पात्रो

रेडियो

समाचार खोजी

घिसिङलाई प्राधिकरणबाट हटाएर उर्जा आयोग सरुवा गर्ने सरकारको तयारी

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

काठमाडौं  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल बिद्युत् प्राधिरकणबाट हटाउने तयारी गरेको छ । सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर उर्जा आयोगको विज्ञ बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार आज बेलुकी बस्ने मन्त्रिपरिषद बैठकले   घिसिङलाई उर्जा आयोगमा काम गर्नेगरी पठाउने  तयारी छ ।

यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले हटाएर उर्जा आयोगको बिज्ञ बनाएको थियो । अब घिसिङलाई पनि  सोही शैली अपनाएर अहिले  सरकारले बिज्ञ बनाउन लागेको स्रोतको भनाई छ ।  तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई करिव छ महिना पछि दाहालले प्राधिकरणबाट हटाएर उर्जा आयोगको विज्ञ बनाएका थिए ।  

246 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्