पात्रो

रेडियो

समाचार खोजी

म्याग्दी खोला जलविद्युत्मा सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाका लागि प्रवर्द्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंकको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ।

आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट र कुल लागत ६.७ अर्ब रुपैयाँ रहेको छ। ब्याजसहित लागत ७.६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

सिद्धार्थ बैंकसहित एसबीआई बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकले पाँच अर्ब ३४ करोड रुपैयाँ लगानी गर्नेछन्।

आयोजनाबाट वार्षिक २१५.७ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीमा जोड्ने योजना छ।

वित्तीय व्यवस्थापन हस्ताक्षर कार्यक्रममा सीईओ सुन्दरप्रसाद कँडेलले समय र लागतभित्रै आयोजना सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष काजी लामाले सामूहिक प्रयासले परियोजनालाई सफल बनाउने विश्वास व्यक्त गरे।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु