पात्रो

रेडियो

समाचार खोजी

नेप्से २.९४ अंकले बढेर २६३३.८७ बिन्दुमा

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

काठमाडौं।  मंगलबार सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) २.९४ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको छ ।  यस अघि पाँच कारोबार दिन लगातार नेप्से लगातार थियो। 

 मंगलबार नेप्सेमा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  कारोबारमा आएका मध्ये ११७ कम्पनीका सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

 सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा जानकी फाइनान्स कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशत र गुँरास लघुवित्त वित्तीय संस्थाको मूल्य ८.४२ प्रतिशतले बढेको छ। 

 कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा आरबीबी म्युचअल फन्डको मूल्यमा ५.४८ प्रतिशत र रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ५.२३ प्रतिशतले घटेको छ। बैंकिङ समूहको सेयर मूल्य ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत, हाइड्रोपावरको ०.१४ प्रतिशत, लघुवित्त समूहको ०.५६ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०।१९ प्रतिशतले बढेको छ। 

यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, लगानी समूह ०.२१ प्रतिशत, जीवन बिमा समूह ०.१५ प्रतिशत, उत्पादन समूह ०.४४ प्रतिशत र म्युचअल फन्ड समूहको सेयर मूल्य ०.४८ प्रतिशतले घटेको छ। 

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता