तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुने भएको छ । मंगलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआईडीसीएल० र निजी क्षेत्रका ६ वटा प्रवर्धक कम्पनीबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा एमओयु भएको हो ।
यो प्रसारणलाइनले करिब ७०० मेगावाट विद्युत वहन गर्न सक्छ । ७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा निर्माण गर्न लागेका छन् । यो आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने तयारी छ । ३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सबस्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रुपैयाँ छ । निर्माण पूर्वका सबै जसो काम पूरा भएको छ । आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ । हाल ७४५ सेयर उत्पादक कम्पनी र २६५ सेयर ग्रीड कम्पनीलाइ प्रस्ताव कायम गरिएको छ ।
साझा अर्थ संवाददाता