पात्रो

रेडियो

समाचार खोजी

इ–सेवा महाउत्सवमा मकवानपुरनिवासी बम्जनले जिते कार

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

 

इ–सेवाले चाडपर्वको अवसरमा सञ्चालन गरेको इसेवा महाउत्सवको विजेता घोषणा गरेको छ । जसअनुसार लाइभ लक्की ड्रमा मकवानपुरनिवासी रवि बम्जन नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् । एक कार्यक्रमबिच विजेताको घोषणा गरिएको हो । उक्त कार्यक्रममा कार्यक्रम इ–सेवाका ब्रान्ड प्रवद्र्धक नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललगायत उपस्थित थिए ।

इ–सेवाले १ असोजदेखि ३० कात्तिकसम्म इ–सेवा महाउत्सव योजना सञ्चालन गरेको थियो । उक्त योजनामा दैनिक फ्ल्यास सेल, रिल प्रतियोगितादेखि ६५ इन्चको टिभी, आइफोन १६ र १६ प्रोजस्ता मेगा उपहारका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका थियो ।

उक्त योजनामा सहभागी भई नामी कार जित्नका लागि इसेवामार्फत असोज १ देखि कात्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो । साथै, १०० रुपैयाँको खेल खेल्ने प्रयोगकर्तालाई आइफोन १६ जित्ने मौका र बिजुलीको बिल, खानेपानी, टिभी आदिजस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्ने मौका राखिएको थियो ।

त्यसैगरी, सरोजकुमार पाण्डे र अविन गुरुअचार्यले १०० को खेलमा आइफोन १६ जितेका छन् भने अनिल चालिसे, दीपक महतो र अनिल सिंहले इ–सेवा टिकटक प्रतियोगितामा  सहभागी भई क्रमशः ५०, २५ र १५ हजार रुपैयाँ हात पारेका थिए ।

कार जित्ने विजेता बम्जनलाई बधाई दिँदै इ–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले भने, ‘इ–सेवा महाउत्सवमा प्रयोगकर्ताको संलग्नता र साझेदारको प्रतिक्रिया अत्यधिक उत्साहजनक रहेकाले हामीलाई थप ऊर्जा प्रदान गरेको छ । साथै, प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पूरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागिरहनेछौँ ।’

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता