पात्रो

रेडियो

समाचार खोजी

एनसेल फाउन्डेसन र आइसिटी अवार्डबिच सहकार्य

साझा अर्थ संवाददाता ३० मंसिर २०८१, आइतवार

 

एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो।

योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन ‘सपोर्टेड बाई’ पार्टनरको रूपमा आवद्ध भएको छ। यो सहकार्यको उद्देश्य आइसिटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको बताइएको छ।

नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसन’को ग्राण्डफिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ।

उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पु‍र्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आइसिटी अवार्ड प्रदान गरिने छ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्