आगामी १९ माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक आठ घण्टा मात्रै बन्द गरेर विस्तारको काम गरिने भएको छ । हाल धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारका लागि १० घण्टा विमानस्थल बन्द गरेर १४ घण्टा मात्रै सञ्चालन गरिँदै आएको छ ।
अहिले विमानस्थल बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्रै सञ्चालन हुँदै आएको छ । आगामी १९ माघदेखि भने बिहान ७ बजेदेखि बेलुकी ११ बजेटसम्म विमानस्थल सञ्चालन गरिने भएको हवाई यातायात क्षमता अभिवृद्धि गरिने भएको छ । विस्तारको काम आगामी १८ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
‘
साझा अर्थ संवाददाता