पात्रो

रेडियो

समाचार खोजी

सिमेन्टको मूल्य घटाउने सहमति

साझा अर्थ संवाददाता २६ मंसिर २०८१, बुधवार

काठमाडौं । सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउने भएका छन्। बुधवार उद्योग मन्त्रालयमा निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच भएको छलफलपछि उद्योगीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका हुन् । महासंघका अध्यक्ष रवि सिंहका अनुसार, काठमाडौँ उपत्यकामा अब ओपिसी सिमेन्ट ७०० रुपैयाँ र पिसिसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुनेछ।
 सिंहले भने, ‘सिमेन्ट व्यवसायीहरूले अत्यधिक मूल्य वृद्धि गरेको विषयमा छलफल भयो। भाडा र उत्पादन लागतलाई समायोजन गर्दै मूल्य निर्धारण गर्ने सहमति भएको छ।’

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्