काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘१२:१२ एक्सचेन्ज क्याम्प’ आयोजना गर्न लागेको छ ।
यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिख टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्ने सिप्रदीले जनाएको छ ।
यस अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन गर्नुका साथै टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
साझा अर्थ संवाददाता