पात्रो

रेडियो

समाचार खोजी

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

साझा अर्थ संवाददाता २६ मंसिर २०८१, बुधवार




नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान संशोधन पारित भएको छ । महासंघको मंगलबार बसेको विशेष साधारणसभाले सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव अनुमोदन गरेको हो । संशोधित विधान मन्त्रिपरिषद्बाट स्वीकृति भएलगत्तै लागू हुनेछ । संशोधित विधान अबको एक कार्यकालपछि लागू हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यसमितिमा स्वतः अध्यक्ष बन्न पाउनेछन् । त्यसपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।
ब कार्यसमितिको कार्यकाल पनि दुई वर्षको हुनेछ ।, पहिलोपटक महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।   तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भए मात्र महिला उपाध्यक्ष चयन हुने व्यवस्था गरिएको छ । जिल्ला–नगरतर्फ दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
०७३ मा विधान संशोधन गरेर पशुपति मुरारकापछि वरिष्ठ उपाध्यक्षमा निर्वाचन गर्ने र निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाबमोजिम वरिष्ठ उपाध्यक्ष बनेकी भवनी राणा पहिलोपटक स्वतः अध्यक्ष भएकी थिइन् । त्यसयता शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष भइसकेका छन् । अझै एक कार्यकाल हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष हुँदै छन् । 

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्