काठमाडौं । आगामी शुक्रबारदेखि एनएमबी बैंकको बैंकिङ कारोबार २४ घण्टा नचल्ने भएको छ । डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने बेंकले जनाएको छ ।
बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउनेछैनन् ।
साझा अर्थ संवाददाता