काठमाडौं । हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा मेगा शो २०२४ को पाँचौ संस्करणको आयोजना गरेको छ । यस पटक स्ट्रिक्स प्रोफेशनलले आफ्ना नया उत्पादनहरु बजारमा सार्वजनिक गर्नुका साथै साथै कपालको कलात्मक डिजाइनका नयाँ उत्पादनहरू पनि सार्वजनिक गरेको छ ।
मेरियट होटलमा आयोजित एक दिने मेगा शो २०२४ मा नेपालभरिका सैलुन व्यवसायीहरूको उपस्थिीति रहेको थियो । उक्त कार्यक्रममा सैलुनिस्टहरूलाई हेयर कट, रंग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यासबारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा स्ट्रिक्स प्रोफेशनलको स्पेक्ट्रम कलेक्शनबाट ६ वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेशनल अर्गन सीक्रेट्स हाई लिफ्ट शेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फङ्गी कलरजस्ता नयाँ उत्पादनहरूको सार्वजनिक गरिएको थियो ।
स्ट्रिक्स प्रोफेशनलका प्रमुख रोशेल छाबड़ाले शिक्षामा ब्रान्डको समर्पणमाथि जोड दिएकी थिईन् । “स्ट्रिक्स प्रोफेशनलमा हामी शिक्षालाई हाम्रो उद्योगको आधार शिलाको रूपमा हेछौं । मेगा शो हाम्रो प्रमुख कार्यक्रम हो । जुन सैलुन समुदायलाई नवीनतम अन्तर्राष्ट्रिय प्रचलन र उन्नत प्रविधिहरूमाथि गहन प्रशिक्षणको साथ सुसज्जित गर्नमा केन्द्रित छ ।” उनले भनिन्, “सैलुन पेशेवरहरू कपालको फेसनमा अग्रपंक्तिमा रहिरहन यी विश्वव्यापी प्रचलनहरूलाई आफ्ना ग्राहकहरूको अद्वितीय आवश्यकताहरू अनुरूप अपनाउनमा सक्षम हुन साथै हेयर फेसनमा सबैभन्दा अग्रपंक्तिमा रहुन् ।”
साझा अर्थ संवाददाता