पात्रो

रेडियो

समाचार खोजी

दृष्टिविहीन बालबालिकालाई सिटिजन्स बैंकले दियो ब्रेल शैक्षिक सामग्री

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार
 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मैत्री समाज नेपालसँगको सहकार्यमा वीरेन्द्रनगर सुर्खेतमा रहेको श्री कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले एक कार्यक्रम गरी सामग्री हस्तान्तरण गरेको हो ।

दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीले उनीहरूको अध्ययनमा सहजता हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र ‘बैंक अफ द इयर २०२४’ बाट सम्मानित भएको बैंकले देशैभरका एक सय ९७ शाखा, एक सय ६२ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

250 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ