पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओलीद्वारा १८ तले 'दमक व्यापारिक कम्प्लेक्स' उद्घाटन

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका-३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन्। मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार रूपैयाँ लागतमा निर्माण भएको हो। कुल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ।  उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी छन्। 

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा भ्युटावरको निर्माण ठेक्का लागेको थियो। २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए। यो भ्युटावर सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएको हो।
216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्