पात्रो

रेडियो

समाचार खोजी

एसबिआई बैंकद्वारा दुई लाख सहयोग

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

 

नेपाल एसबिआई बैंकले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न दुई लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले कैलाली लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, शैक्षिक सामग्री तथा पोसाकका लागि सहयोग गरेको हो ।

उक्त सहयोग रकमको चेक बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तारामीलाई  हस्तान्तरण गरे । 

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाललगायत उपस्थित थिए । 

हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ