पात्रो

रेडियो

समाचार खोजी

नबिल उद्यमशीलता कार्यक्रममार्फत १२ सय रोजगारी सिर्जना, ११७ व्यवसाय सञ्चालनमा

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

 

नबिल बैंकको उद्यमशीलतासम्बन्धी कार्यक्रम ‘नबिल स्कुल अफ सोसियल आन्टरप्रेनरसिप (नबिल एसएसई)’ सञ्चालन गरेको छ । नबिल एसएसई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

समाजमा सकारात्मक परिवर्तन ल्याउन नबिलले फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट एक हजार दुई सय रोजगारी सिर्जना भएको तथा ७२ व्यवसाय सञ्चालनमा आएका बैंकले जनाएको छ ।

हालसम्म ५६ जना फेलोले फेलोसिप कार्यक्रममा सहभागिता जनाइसकेका छन् । २० फेलोहरू सुरुवाती चरणमा छन् भने ४५ व्यवसाय स्थापना भएर करिब एक हजार दुई सय जनाले रोजगारी पाइरहेका छन् । त्यस्तै, सर्टिफिकेट कोर्सअन्तर्गत पाँच सय १८ जनाले यो कोर्स पूरा गरिसकेका छन् भने दुई सय २६ जना नयाँ भर्ना भएका छन् । नबिल बैंकले यो फेलोसिप कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँग साझेदारी गरेको छ । यो ६ महिना लामो कार्यक्रम हो, जसमा प्रत्येक महिनाको तीन दिन आवासी तालिमको व्यवस्था छ । 

तालिममा प्रत्येक सहभागीलाई वर्षभरिका लागि एकजना मेन्टरको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । 

यो कार्यक्रमका लागि नबिल बैंकले सात प्रदेशका विभिन्न शैक्षिक संस्थासँग साझेदारी गरिरहेको छ । तीन महिना लामो यो कोर्समा सहभागीहरूले उद्यमशील बन्नका लागि व्यावहारिक सीप र ज्ञान प्राप्त गर्नेछन् । यस्तो कार्स सम्पन्न गरिसकेपछि सहभागीले उद्यमशीलता विकास गर्नुका साथै बैंकमा पेस गर्न मिल्ने व्यावसायिक योजना पनि बनाउन सक्ने बैंकले जनाएको छ । 

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ