चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणको यो नाफा गत आवको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो । समीक्षा अवधिमा प्राधिकरणको आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख र खर्च ३२ अर्ब ६९ करोड ३६ लाख रहेको छ।
गत आवको पहिलो तीन महिनामा प्राधिकरणको नाफा १२ अर्ब ४७ करोड २७ लाख थियो । गत आवभर भने प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको तथ्यांक छ । विशेषगरी १० देखि १२ असोजमा आएको बाढी तथा पहिरोले गर्दा प्राधिकरणको नाफा प्रभावित भएको कर्मचारीहरू बताउँछन् । यो बर्ष बाढीपहिरोले प्राधिकरणका प्रसारणलाइन, विद्युत् परियोजना, वितरणलाइन, सबस्टेसन, ट्रान्सफर्मरलगायतमा पूर्वाधार तथा संरचनामा ठुलो क्षति भएको र त्यसको मर्मत–सम्भारलगायतमा भएको खर्चले नाफा प्रभावित भएको प्राधिकरणको भनाइ छ ।
साझा अर्थ संवाददाता