पात्रो

रेडियो

समाचार खोजी

डिआईटी सोलुसन र आदिम नेशनल कलेजबीच  सहकार्य

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार

 
डिआईटी सोलुसन प्रालि र चाबहिलस्थित आदिम नेशनल कलेजबीच सूचना प्रविधि (आईटी)  विद्यार्थीहरूलाई  इंटर्नशिप र रोजगारीको अवसर प्रदान गर्न  समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई सस्थाबीच भएको सहकार्यले  विद्यार्थीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुर्याउनुका साथै रोजगारीका अवसरहरू प्रदान गर्ने जनाइएको छ ।  सो अवसरमा डिआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले भने, “यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नेछ। विद्यार्थीलाई व्यावसायिक जीवनमा अघि बढ्न आवश्यक सीप र अनुभव दिन हामी प्रतिबद्ध छौँ।” त्यस्तै, आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मिना भट्टाराईले भनिन्, “यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करियरमा महत्वपूर्ण योगदान दिनेछ।”

 

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ