पात्रो

रेडियो

समाचार खोजी

नेपाल र चीनबिच आठ विषयमा सहयोगसम्बन्धी सहमति

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार

नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान–प्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।  

नेपालबाट परराष्ट्रसचिव र सचिवले हस्ताक्षर गरेका छन् । प्राविधिक तथा आर्थिक सहायता, नेपालका उत्पादन निर्यात, केही परियोजना निर्माणलगायतका विषयहरू समावेश छन् ।

जस अनुसार दुई देशबीच टोखा छहरे सुरुङमार्ग निर्माण सम्बन्धी पत्रको आदानप्रदान भएको छ भने नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान भएको छ । त्यस्तै फर्मली प्रोसेस्ड बफेलो मिट अर्थात् प्रशोधित गरिएको भैसीको मासु निर्यात सम्बन्धी प्रोटोकलमा पनि सम्झौता भएको छ । दुईदेश बीच नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पनि भएको छ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको हो ।  

333 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्