पात्रो

रेडियो

समाचार खोजी

खिम्ती–बाह्रबिसे प्रसारणलाइन माघभित्रै सकिने

साझा अर्थ संवाददाता १७ मंसिर २०८१, सोमवार

  तामाकोशी–काठमाडौं २२०÷४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारणलाइन निर्माण अन्तिम चरणमा छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौं प्रसारणलाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

खिम्ती–बाह्रबिसे प्रसारणलाइनमा पर्ने एक सय १८ वटा टावरमध्ये एक सय १७ वटा जग हालिएको छ । एक सय १५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी एउटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारणलाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारणलाइनमा पर्ने एक सय २२ वटा टावरमध्ये एक सय १८ वटाको जग हालिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।

293 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्