काठमाण्डो । स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्दैछ ।
बैंकले आर्थिक वर्ष २०८०÷८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश९करसहित० गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकद्वारा प्रस्तावित लाभांश आगामी मंसिर २५ गते आयोजना हुने ३८ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
साझा अर्थ संवाददाता