पात्रो

रेडियो

समाचार खोजी

नवलपरासी पूर्वमा ९३ प्रतिशत रोपाई सम्पन्न

साझा अर्थ संवाददाता १८ साउन २०८१, शुक्रवार

नवलपरासी(पूर्व) १८ साउन: बर्दघाट सुस्तापूर्वमा ९३ प्रतिशत रोपाई सम्पन्न भएको छ । नवलपरासी सुस्ता पूर्वमा सो परिमाणमा रोपाई सम्पन्न भएको हो । 
जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।   जिल्लाको १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छ । यसैगरी  बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी रहेको कार्यालयको भनाई रहेको छ । जिल्लाको कुल खेतीयोग्य ६१ हजार तीन सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध  रहेको तथा ४५ प्रतिशत जमिनमा अकासे खेती गर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुुभयो ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ