पात्रो

रेडियो

समाचार खोजी

केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

साझा अर्थ संवाददाता १६ साउन २०८१, बुधवार

काठमाडौँः आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले सो कुरा जनाएको हो । 
हाल देशभर  साधारणतया बदली रहेको बागमती  र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, लुम्बिनी र कणर्ाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मधेस, बागमती र  गण्डकी प्रदेशका  केही स्थानहरूमा  भारीदेखि धेरै भारी  वर्षा  मापन गरिएको विभागले बताएको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता