काठमाडौः थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक-भैरहवा-बैंकक उडान सुरु गरेको छ । एअर एशियाले आजबाट उडान सुरु गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । आज विहान ७ बजेर ४० मिनेट जादा विमान थाइलेण्ड प्रस्थान गरेको विमान स्थलले जनाएको छ ।
साझा अर्थ संवाददाता