पात्रो

रेडियो

समाचार खोजी

चाडपर्ब लाई लक्षित गदै ३२ करोडको नरिवल भित्रियो

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

काठमाडौँः चालु आर्थिक वर्षको तीन महिनामा   ३२ करोड नौ लाख रुपैयाँको नरिवल भित्रिएको छ । श्रावण देखि असोजसम्म सो रकमको ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल भित्रिएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब रु एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको छ । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि ठूलो परिमाणमा भित्रिएको विभागको भनाई छ ।  
विभागका तथ्याङ्कअनुसार रु २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, रु १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ । रु २० करोड ९८ लाखको छ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ । यस्तै, पिस्ता १२ हजार सात सय ७७ केजी रु रु एक करोड ४५ लाखमा, रु २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी,रु एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ । ४१ हजार पाँच सय ५० केजी अंजिर रु दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।  यस्तै, रु चार करोड ७४ लाख मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन् ।  यी सबै चाडपर्व लक्षित रहेको विभागको भनाई रहेको छ ।

245 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्