पात्रो

रेडियो

समाचार खोजी

रास्वपा अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछाने अनुसन्धानकालागि पक्राउ

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

काठमाडौः प्रहरीले रास्वपा अध्यक्ष एवं पूर्व गृहमन्त्री रविलामीछानेलाई पक्राउ गरेको छ ।  शुक्रवार राति सहकारी ठगी तथा संगठीत अपराध मा अनुसन्धान गर्न प्रहरीले उनलाइ पक्राउ गरेको हो । 
लामिछाने पक्राउ परेको रास्वपाले पुष्टी गरेको छ । 
कास्की प्रहरीमा कृष्ण बहादुर जैसी समेतको जाहेरीमा लामिछाने विरुद्ध उजुरी परेको थियो । सो उजुरी अनुसार जिल्ला अदालत कास्कीले आज लामीछानेलाई  पक्राउ गर्न  प्रहरीलाइ अनुमती दिएको थियो । कास्कि जिल्लाको सूर्यदर्शन सहकारीको बचत हिनामिना गरी गोर्खा मिडीयामा लगानी गरेको रविविरुद्ध आरोप रहेको छ । बनस्थली स्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएपछि रविलाई स्थलमार्गबाट आजै पोखरा लगिएको प्रहरीले जनाएको छ । रवि विरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने भएको छ । सोही सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी जोशी विरुद्ध अदालतले २० दिन अनुसन्धानको म्याद थप गर्न अनुमति दिएको छ । आज कास्कि जिल्ला अदालतले रविसहित १४ जना विरुद्ध पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी गरिएकाहरुमा रवि लामीछानेका अतिरिक्त विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

 

357 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ