पात्रो

रेडियो

समाचार खोजी

डलरको मुल्य हालसम्मकै उच्च,

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ ।  
यसअघि असोज २६ मा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च १३४.८० रुपैयाँ  थियो ।  त्यस्तै, आज एक यूरोको खरिददर १४५.८५ रुपैयाँ र बिक्रीदर १४६.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.६७ रुपैयाँ र बिक्रीदर १७५.४५ रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरिददर ८९.९३ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ तोकिएको छ । 

१० जापानी येनको खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ, एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७९ रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र एक कुवेती दिनारको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ कायम भएको छ ।

254 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता