पात्रो

रेडियो

समाचार खोजी

सबैभन्दा बढी महंगी सुदूरपश्चिम प्रदेशमा

साझा अर्थ संवाददाता ३० असोज २०८१, बुधवार

चालु आवको  भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत छ । समीक्षा महिनामा सहरमा भन्दा बढी मुद्रास्फीति गाउँमा देखिएको छ ।

यस अवधिमा सबैभन्दा बढी मुद्रास्फीति सुदूरपश्चिम प्रदेशमा ५.९० प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमतीमा ३.२९ प्रतिशत रहेको छ । त्यस्तै, कोशी प्रदेशकोे उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेशको ३.८२ प्रतिशत, गण्डकीको ३.५० प्रतिशत, लुम्बिनीको ३.५३ प्रतिशत र कर्णाली प्रदेशको ३.५६ प्रतिशत रहेको छ । 
ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४।०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । 

389 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता